नयाँ बुलन्द
धरान : सुनसरीको धरानमा मंगलबार सम्पन्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनको तेस्रो संघीय महाधिवेशनले २१ बुँदे विजयपुर घोषणापत्र जारी गरेको छ ।
सोमबार र मंगलबार भएको महाधिवेशनले संघीय र प्रान्तीय कार्यसमिति चयन गर्नुका साथै विजयपुर घोषणापत्र जारी गरेको हो । युनियनका संघीय अध्यक्ष सेसेहाङ चोङबाङ र महासचिव सुवास खुदाङले संयुक्त रुपमा हस्ताक्षर गारी जारी गरेको घोषणापत्रमा विभिन्न १४ वटा शैक्षिक र ७ वटा राजनीतिक माग समेटिएका छन् ।
‘वर्तमान नेपालको शैक्षिक क्षेत्रहरुमा रहेका अन्यया, अत्याचार, अनियमितता, ठगी, भ्रस्टाचार तथा असमानताहरुको परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण विधार्थीहरुको शैक्षिक, सांस्कृतिक, भाषिक एवं सामाजिक न्याय र हकअधिकारको आवाजलाई बुलन्द गर्दै राज्यको हरेक नयाँ बन्ने शैक्षिक नीतिनियममा चिन्ता-चासो राख्दै संघीय विधार्थी युनियनको तेश्रो राष्ट्रिय महाधिबेशनले २१ बुँदे विजयपुर घोषणापत्र जारी गर्दछौं |’ भनिएको छ ।
शैक्षिक मागहरु :
१. वर्तमान नेपालको शैक्षिक प्रणालीलाई आमुल परिवर्तन गरि व्यवहारिक, प्राविधिक तथा गुणस्तरिय शिक्षा अवलम्बन गर्न सरकारसँग जोडदार माग गर्दछौ |
२. शिक्षा एक जातीय सांस्कृतिक तथा भाषिक अनिवार्यताको खारेज गर्दै नेपालको ऐतिहासिकतालाई सम्मान हुने किसिमबाट भाषिक बहुलियाताको आधारमा स्वायत्त एवं स्वतन्त्र बहुभाषिक विश्वविद्यालयहरु स्थापनाको लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ |
३. विश्वविद्यालय तथा क्याम्पसहरुमा हुने स्वतन्त्र विधार्थी युनियनको बहुमतीय आधारमा गरिने निर्वाचन प्रणालीलाई तत्काल खारेज गरि पूर्णसामानुपातिक निर्वाचन प्रणाली मार्फत स्ववियुको निर्वाचन गर्न त्रिविसभा समक्ष जोडदार माग गर्दछौ |
४. संघीय विधार्थी युनियन र आन्दोलनरत अन्य विधार्थी संगठनहरुसँग त्रिवि सभाले स्वत्रन्त्र विधार्थी युनियनको निर्वाचनको लागि गरेका सहमतिहरु तत्काल कार्यन्वयन गर्नको लागि त्रिवि समक्ष जोडदार माग गर्दछौ |
५. प्रत्येक प्रदेश तथा स्थानीय निकायहरुमा भाषिक बहुलियाताको आधारमा सरकारी कामकाजी भाषाको रूपमा नेपालमा बोलिने सबै भाषालाई लागु गरि कार्यन्वयन गर्न जोडदार माग गर्दछौं |
६. सामुदायिक विद्यालय र निजि विद्यालयमा भइरहेको असमान शिक्षा पद्दतिमा सुधार गरि समान शिक्षा पद्दति अपनाउन साथै निजि विद्यालयहरुमा असमानरूपमा लिइरहेको शुल्कलाइ एकरुपता तथा व्यवस्थित गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं |
७. एक वर्षभित्रमा संघीय विधार्थी युनियनको संगठन लिम्बुवान, किरात खम्बुवान, तामाङसालिङ, नेवा, तमुवान, मगरात, शेर्पा, थरुहट, मधेश र खसान प्रान्तहरुमा संगठन निर्माण गरि यसै वर्षभित्र नेवा काठमाडौंमा संघीयवादी विधार्थीहरुको राष्ट्रिय महासम्मेलन गर्ने घोषणा गर्दछौं |
८. शैक्षिक शेत्रमा ब्याप्त ढिलासुस्ती, अनियमितता, शैक्षिक भ्रस्टाचार र राजनैतिककारण बन्द गरि विधार्थीहरुको सांस्कृतिक हक, बौदि्धक एवम् शारीरिक विकासको लागि स्वच्छ शैक्षिक वातावरण तयार गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं |
९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्तिहरुमा देशका गरिव तथा जेहेनदार विधार्थीहरुलाई वितरण गरि, एकल जातीय आधारमा उपल्ला तहका पहुँचवालाहरुको एकपक्षीय रूपमा हुने दादागिरी र हालीमुहाली अन्त्य गर्न सम्बन्धित निकाय पक्षसँग जोडदार माग गर्दछौं |
१०. नेपालको कृषि क्षेत्रलाई ध्यान दिदै प्रादेशिक एवम् जातीय सन्तुलनका आधारमा कृषि तथा प्राबिधिक विद्यालय र महाविद्यालय हरु स्थापना गर्न सरकारसँग जोडदार माग गर्दछौ |
११. अति आवश्यक पेट्रोलियमपदार्थमा भएको मूल्यबृद्दीले गर्दा गरिव विधार्थी तथा आम जनतामा नकारात्मक असर परेकोले पेट्रोलियमपदार्थको मूल्य तुरन्त घटाउन सरकारसँग जोडदार माग गर्दछौं |
१२. शैक्षिक सिण्डिकेट लगायत सबै क्षेत्रमा रहेको सिण्डिकेट प्रणाली अन्त्य गर्नका लागि सरकार समक्ष जोडदार माग गर्दछौ |
१३. लोकसेवा आयोगको परिक्षा सबै मातृभाषामा लेखना पाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ |
१४. देश भित्र र बाहिर प्राप्त हुने छात्रवृत्ति वितरणमा पारदर्शी गरि दलित, महिला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, खस आर्य, सीमान्तकृत तथा अल्पसंख्यकहरुलाई सामानुपातिक वितरण गर्न सम्बन्धित पक्षसँग जोड्दार माग गर्दछौ |
राजनैतिक मागहरु :
१५. पहिचानविनाको ७ प्रान्तलाई पुनःसंख्याकारण गरि पहिचानसहितको लिम्बुवान, किरात खम्बुवान, शेर्पा प्रान्त, तामाङसालिङ, नेवा, तमुवान, मगरात, थरुहट, खसान, मधेस, शिल्पी बिशेष प्रान्त १०+१ प्रान्तहरु निर्माण गर्न जोड्दार माग गर्दछौ |
१६. खस समुदायलाई आदिवासीमा सुचिकृत गरि संबिधानमा खस आर्य समुदायलाई एउटै समुहमा राखिएकोमा “खस” र “आर्य” लाइ तुरन्त अलग अलग समुहमा राखियोस् भनि जोड्दार माग गर्दछौं |
१७. निर्वाचन सम्बन्धि इयुको प्रतिबेदनलाइ अबिलम्ब कार्यान्वयन गर्न सरकारसँग जोड्दार माग गर्दछौ |
१८. विकासको नाममा काठमाडौं उपत्यकामा आदिवासी नेवार समुदायको घरजग्गा, संस्कृति, भाषामाथि भईरहेको अतिक्रमण बन्द गर |
१९. टिकापुर घटना आफैमा दुखद घटना हो | तर, सोहि घटनाको बारेमा निर्दोष थारु नेताहरुलाई अढाईबर्षदेखि जेलमा कोचिएको अवस्था छ | निर्वाचित सांसदलाई पनि जेलमा थुनिएको छ | आदिवासी थारुहरुमाथिको यो हदैसम्मको रंगभेदी विभेद अन्त्य गरियोस | निर्दोष थारु नेताहरुलाई जेलमुक्त गर | निर्वाचित संसदलालाइ संसदको प्रमाणपत्र प्रदान गर भनि जोडदार माग गर्दछौ |
२०, आदिवासीहरुका ऐतिहासिक महत्वको स्थलहरुलाई विकासको नाममा अतिक्रमण गर्ने उपनिबेशी कार्य तत्काल बन्द गरियोस भनि जोड्दार माग गर्दछु |
२१. महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, थारुहरुमा भईरहेको जघन्य लिंगीय तथा जातीय आक्रमनण बन्द गर भनि जोड्दार माग गर्दछौ |
संघीय अभिवादन !
सेसेहाङ चोङबाङ (अध्यक्ष)
सुवास खुदाङ (महासचिव)


















































