धरान : संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले अाफूले लिम्बूवान अान्दाेलन र इतिहास बिर्सन नसक्ने बताएका छन् ।
प्रदेश १ काे नाम के राख्ने ? भन्ने विषयमा चर्काे छलफल र बहस चलिरहेकाे बेला साेमबार धरानकाे भानुचाेकमा अायाेजित संघीय विद्यार्थी युनियनकाे तेस्राे महाधिवेशनकाे उद्घाटन गर्दै लिङदेनले साे कुरा बताएका हुन् ।
उद्घाटन सभामा उनले दुर्इ तिहार्इ बहुमतकाे दम्भ नदेखाउन ठूला दलहरूलार्इ चेतावनी समेत दिए । उनले अाफूहरूसँग वार्ता गरेर मात्रै प्रदेश १ काे नामाकरण गर्ने उनले अाग्रह गरे ।
उनले प्रदेश १ काे नाम खम्बुवान-लिम्बुवान राख्दा उपयुक्त हुने बताए । उनले प्रदेश १ मा बसाेबास गर्ने रार्इ र लिम्बू दुवै शक्ति भएकाले अापसमा मिलेर अघि बढ्नुपर्ने अाैल्याए ।
लिङदेनले १ डेढ वर्षभित्रै ठूलाे लडाइँ लड्नुपर्ने देखिएकाले तयारी अवस्थामा रहन अाफ्ना कार्यकर्ताहरूलार्इ निर्देशन समेत दिए ।
लिङदेनले १ डेढ वर्षभित्रै ठूलाे लडाइँ लड्नुपर्ने देखिएकाले तयारी अवस्थामा रहन अाफ्ना कार्यकर्ताहरूलार्इ निर्देशन समेत दिए । उनले लिम्बुवानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाएर परियाेजनाकाे शिलान्यास गरेकाे घटना दुःखपूर्ण रहेकाे बताए ।
भारतीय प्रधानमन्त्रीले शिलान्यास गर्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इले बाेल्ने अाँट नगरेकाे भन्दै उनले लिम्बुवान प्रदेश भए त्यस्ता कार्य हुन नदिइने बताए ।
उनले हिन्दू धर्मको वेद, रामायण, उपनिषदलार्इ लिम्बू भाषामा अनुवाद गर्न सुझाव समेत दिए । उनले क्रिश्चियनहरूले सबै भाषामा अनुवाद गरिसकेकाले उनीहरूलार्इ कारबाही गर्न नसकिने बताए ।
उनले सरकारले र्इयुकाे प्रतिबेदन बुझ्न नमानेको तर र्इयुकाे अार्थिक सहयोग काटिने भएपछि मात्रै प्रतिवेदन बुझ्न बाध्य भएकाे तर्क गरे ।
उनले खस-आर्य भनेर खस क्षत्रीकाे अधिकार खोसिएको भन्दै आदिवासीबाट थारुलाई छुट्याउने केपी ओली र प्रचण्डले खस-आर्यबाट खसलाई किन नछुट्याएकाे भनेर प्रश्न गरे ।
प्रदेशलार्इ अधिकारविहीन बनाइयाे
साे कार्यक्रममा मञ्चबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने एक्ली सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश सभामा प्रदेश नामाकरणबारे कुनै छलफल नभएकाे बताइन् ।
उनले अहिलेकाे सरकारले कुन मोडालिटिको संघीयता कार्यान्वयनमा ल्याउने हो स्पष्ट नभएको भन्दै आदिवासी तथा उत्पीडितले अधिकार पाउछन् भनेर प्रदेशलाई अधिकारविहीन बनाइएकाे बताइन् ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष विशेन्द्र चेम्जोङ, महासचिव शान्ता योङहाङ, अशोक चेम्जोङ, पुर्वमहासचिव संगम खनाल लगायतले धारणा राखेका थिए ।






















































