नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी, के छ बक्तब्यमा ?

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले नेपाललाई थप हवाई रूट दिनेबारे चाँडै प्राविधिक छलफल गर्न आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् । संयुक्त वक्तव्यको सातौं बुँदामा आकाश, जमिन र पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख गरिएको छ ।

भारतले नेपाललाई थप हवाई रूट दिंदा गर्नुपर्ने प्राविधिक छलफल चाँडै गरी नागरिक उड्ययन क्षेत्रमा द्वीपक्षीय सहयोग विस्तार गर्ने सम्बन्धित अधिकारीलाई दुबै प्रधानमन्त्रीले निर्देशन दिएका छन् वक्तव्यमा भनिएको छ । संयुक्त वक्तव्यमा गत महिना प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुबै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार