नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

झापा : नेपाल पुलिस क्लब झापामा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार दमक बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।पुलिसको जितमा खेलको ३७औं मिनेटमा निरकुमार राईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ पनि गोलकर्ता राई नै घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।प्रतियोगिताअन्तर्गत् बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लब आमने–सामने हुने आयोजकले जनाएको छ ।

१० टिमले सहभागिता जनाएको यही वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिता दमक नगरपालिका, नगरखेलकुद विकास समितिले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार