कुम्मायक कुस्सायक गोल्डकपमा आयोजकको विजयी सुरुआत

नयाँ बुलन्द

पाँचथर : पाँचथरको कुम्मायक गाउपालिकाको केन्द्र यासोक बजारमा सुरु भएको जिल्लाकै सर्वाधिक पुरस्कार राशिको अन्तराष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगितामा आयोजक रानिगुफा सेवा समाजले विजयी सुरु गरेको छ ।

पृथ्वी माविको खेल मैदानमा बिहिबार भएको उद्घाटन खेलमा जल्पाईगुडि फुटबल क्लव भारतलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । खेलको १५ औँ मिनेटमा आयोजकका हेमन्त दर्नालले गरेको गोल नै जितको लागि निर्णायक गोल बन्यो ।

जल्पाईगुडिले गोल गर्न पाएको सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै घर फर्कन वाध्य भयो । खेलको म्यान अफ द म्याच आयोजकका गोलकर्ता दर्नाल घोषित हुदैं नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ११ रुपैँया र दोस्रो हुने टिमले १ लाख ५५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार