आयोजक विरुद्ध कठिन जित निकाल्दै मनाङ सेमीफाइनलमा

नयाँ बुलन्द

इलाम : आयोजक विरुद्ध कठिन जित निकाल्दै मनाङ मस्याङ्दी क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छ ।

सोमबारको खेलमा आयोजक माईभ्याली फूटबल क्लब विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै मनाङ अन्तिम चारमा उक्लेको हो ।

मनाङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रिकिकलाई नाईजेरियन खेलाडि काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए ।

मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाईडेटबीचको तेश्रो क्र्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

खेलमा आयोजक माईभ्याली फूटबल क्लबका तीर्थ बस्नेत म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

मंगलबार दोश्रो क्वार्टरफाइनमा डिफेन्डिङ च्याम्पियन रमपम झापा ११ र सशस्त्र प्रहरी बलको एफिएप भिड्ने छन् ।

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार