नयाँ ढंगले सोचौं, नयाँ कामको थालनी गरौं : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन अब कुनै पनिबहानामा ढिला गर्न नसकिने बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको बधाइ ग्रहणपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरानो शैली र ढाँचाले देशको विकास सुस्त गतिमा हुने बताए । ‘देशको विकास गर्ने कुरामा अब ढिलढाल गर्न सकिदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सबैले नयाँ ढंगले सोचौं ,नयाँ कामको थालनी गरौं ।’

प्रधानमन्त्री ओलीले सबैलाई उपयोगको सिद्धान्त अनुसार कामगर्न आग्रह गरे । ‘गमलालाई उपयोग गरेर एक मुठा साग उत्पादन गरेर एक छाक टार्नुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंका लागि गरिएको यो सानो कामले कामले देशको अर्थतन्त्रलाई नै टेवा पु¥याउछ । ’

कर्मचारीको पेशागत मर्यादा र सुरक्षामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताए । जागिर सुरु गर्दाको सर्त अनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवागर्न कमर्चारी अनिवार्य रुपमाजानु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।

‘खटाएको ठाउँमा जान्नभन्ने कर्मचारीलाई अघिललो सरकारले गोल्डेन ह््याण्डचेक सहित घर पठाउने निणर्य गरेको रहेछ’ प्रधानमन्त्री ओलीले भने, ‘वर्तमान सरकार अनुभवीकर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्तगर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्छ ।’

कर्मचारीको वृतिविकासका लागि पनि सेवाप्रवेश गर्दाको सर्त लागु हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नगरपालिकामा सरुवाहुँदा बढुवा नहुने, प्रदेशमा सरुवाहुँदा फेरी संघमा आउन नपाइने भन्ने हुदैन’ प्रधानमन्त्री ओलीले भने, ‘आवश्यकता आधारमा कर्मचारीलाई देशभित्र जता पनि खटाउन सकिन्छ । तर जहाँगयो त्यहीं सिमित भएर बस्नु पर्दैन । ’

कर्मचारी स्थायी सरकार भएकोले उसको सहयोग विनाकुनै पनि सरकारले छिटो छरितो ढंगले कामगर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हिजो कर्मचारीबाट पनि केहीतलमाथीभयो होला’ प्रधानमन्त्री ओलीले भने, ‘हिजो देशको अवस्था पनि विग्रिएको थियो । सरकारको नेतृत्व पनि विग्रिएको थियो । तर अब सबै कुरा सुध्रिएका छन् । त्यस कारण कर्मचारी पनि समय अनुसार चल्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई विकासमुखी, जनमुखी, सेवामुखी र शुशासनमुखी भएर काम गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार