प्रधानमन्त्री ओलीलाई संसदको तीन चौथाई मत

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न माग गर्दै राखेको प्रस्तावमा संसदमा  उपस्थित  २६८ जना सांसद मध्ये २०८ जना संसदले समर्थन जनाए । विपक्षमा ६० जना संसदले मत हालेका थिए ।

बाम गठबन्धनका साथै संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समेत प्रधानमन्त्रिका ओलीलाई समर्थन गरेका थिए । का‌ग्रेसले विपक्षमा मत हालेका थिए ।

यस अघि संसदमा विश्वासको मत लिने क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि आफू आधा शताव्दी भन्दा बढी लडेकोले लोकतन्त्रको मर्म  राम्ररी थाहा भएको बताएका थिए । ‘निश्चिन्त रहे हुन्छ । लोकतन्त्रमा तलमाथी हुदैन । लोकतन्त्र मासिन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोस । ’

आफु एमाले वा वाम गठबन्धनको  मात्र प्रधानमन्त्री नभएको भन्दै प्रधानमन्त्री ओलीले भने ‘म देशको प्रधानमन्त्री हुँ । मलाइ मत दिने नदिने सबैको प्रधानमन्त्री हुँ। व्यवहार पनि त्यसै अनुसार गर्छु ।’

सरकार हरेक समस्याको समाधान तिव्र गतिमा गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकार समस्याको गीत मात्र गाउदैन । समाधान पनि तिव्र गतिमा खोज्छ’ प्रधानमन्त्री ओलीले भने । आफूले व्यक्त गरेका हरेक कुराहरुको जवाफदेहिता लिने बताउँदै प्रधानमन्त्री ओलीले ‘सबै कुराको सिमा रहे पनि आफ्नो इमानको सिमा नरहने’ बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार