पवित्रहाङमा गोल्डकप : उपाधिको होडमा माङसेबुङ र लेटाङ

सरीता राई

माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण फूटबल प्रतियोगिताको फाइनल बुधबार हुँदैछ ।

उपाधिका चुम्‍न साविक विजेता माङसेबुङ युथ सोसाइटी माङसबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङ भिडन्‍त हुँदैछ । दिउँसो २ बजेपछि माङसेबुङ खेलमैदानमा हुने फाइनल अवकलोकनका लागि विभिन्न क्षेत्रबाट दशर्कहरु माङसेबुङ पुग्‍न थालेका छन् ।

उपाधिका दावेदार मानिएको यी दुई टिमबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । माङसेबुङ युथ सोसाइटीले गतवर्षको जितलाई निरन्तरता दिन चाहेको छ । प्रतिष्ठका लागि पनि उसले प्रतियोगिता जित्‍नैपर्ने नैतिक दवाव छ । गतवर्षको संस्करणमा माङसेबुङ सोसाइटीले न्युस्टार क्लब किर्तीपुर मोरङलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो ।

उता लेटाङले पहिलोपटक उपाधिमाथि कब्जा जमाएर रेकर्ड कायम गर्ने दाउमा छ । उसले माङसेबुङको गतवर्षको जितलाई जसरी पनि रोक्ने प्रयासमा छ । लेटाङ फुटबल क्लब मोरङ आइबार सम्पन्न पहिलो सेमीफाइनमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङलाई ३-० गोल अन्तरले नै हराउदै फाइलन प्रवेश गरेको थियो ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा किरात साम्यो हक्चात यक्चुम माङसेबुङद्वारा आयोजित गोल्डकपमा इलामझापा, मोरङ, सुनसरी र ताप्लेजुङका गरी ८ महिला टीमको सहभागिता रहेको थियो ।

प्रतियोगितको विजेताले नगद ६२ हजार एक सय ६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६२ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६२ रुपैयाँ प्राप्त गर्नेछन् ।

माङसेबुङमा २०६७ देखि पवित्रहाङमा महिला गोल्डकप सञ्‍चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार