सामुदायिक विद्यालय सुधार गर्न इलाममा इलेक्ट्रिक हाजिरी सुरु

नयाँ बुलन्द

इलाम : इलाममा विद्यालय सुधार गर्न इलेक्ट्रिक हाजिरी सुरु गरिएको छ । पहिलो चरणमा जिल्लाको सुर्योदय नगरपालिकाले सामुदायिक विद्यालय सुधार अभियान अन्र्तगत इलेक्ट्रिक हाजिरी सुरु गरेको हो ।

नगरपालिकाले फिक्कल माध्यमिक विद्यालय फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा बायोमेट्रिक हाजिरी सिस्टम ( थम प्रिन्ट हाजिरी) सुरुवात गरेको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ ।

पहिलो चरण अन्र्तगत ३ वटा विद्यालयमा सुरु गरिएको हाजिरी विस्तारै अन्य विद्यालयमा समेत लागु गरिनेछ । नगरपालिकामा ६७ वटा सामुदायिक र ३१ वटा सस्थागत विद्यालय रहेका छन् ।

सामुदायिक विद्यालयमा शिक्षकको हाजिरी नगरप्रमुखको कार्यालयबाट दैनिक रुपमा अनुगमन गरिने नगरपालिकाका प्रमुख रनबहादुर राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार