नयाँ बलन्द
करफोक : पञ्चकन्या एफसी इलामको सुर्योदन नगरपालिकास्थित करफोकमा सञ्चालित प्रथम सुर्योदय नगरकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा आइतबारे युवा क्लबलाई ३ १ को गोलान्तरले पाखा लगाउँदै पञ्चकन्याले फाइनलको यात्रा पक्का गरेको हो ।
खेलको १७ औ मिनेटमा नै पञ्चकन्याका विशाल गुरुङले खेलको पहिलो गोल गरेका थिए । दोस्रो हाफको १२ औ मिनेटमा आइतबारे युवा क्लबका राजा कार्कीले गोल गरी खेल बराबरी ल्याए । १६ औ र २२ औ मिनेटमा पञ्चकन्याका सुशील राईले लगातार दाई गोल गरी टिमलाई फाइनलसम्मको यात्रा सुनिस्चित गरेका थिए ।
दोश्रो सेमिफाइनलमा विहीबार फिक्कल एफसी सुनप १० र सहारा स्पोर्टिङ सुनपा ५ बिच हुनेछ ।
सुर्योदय नगर खेलकुद बिकास समिती र सुर्योदय होटल ब्यवसायी संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउँनेछन् ।
प्रतियोगिताको फाइनल २७ माघमा हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।