दारी ग्याङको रक्तदान

नयाँ बुलन्द

इलाम : जाडोयाममा रगत अभाव हुन नदिन दमकमा विहिबार खुल्ला रक्तदानमा ६० पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चौंकमा आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ६० जनाले रक्तदान गरेका थिए ।

दारी समूहले गालामा दारी काँधमा जिम्मेवारी भन्ने महान उद्देश्य राखेर रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदान नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार