गायत्री विद्यापीठकी छात्रामाथि कुटपिट

नयाँ बुलन्द

झपा : प्रश्नको जवाफ नदिएको भन्दै दमक–६ स्थित गायत्री विद्यापीठका एक शिक्षकले कक्षा–५ मा अध्ययनरत १५ बर्षीया छात्रा कुसुम निरौलालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाईते छात्राको कम्मर मुनीको भाग नचल्ने अवस्थामा पुगेकी छन् ।

गत मंसिर २७ गते स्कुलको कक्षाकोठामा कम्प्यूटर शिक्षक प्रनय दुतराजले छात्रालाई लडाएर कम्मरमा मुड्की हान्दा उनको अवस्था गंभीर भएको पीडितका बुवा अच्यूत निरौलाले बताए ।

पीडित परिवारले सोमबार पत्रकार सम्मेलन गरि स्कुलका शिक्षकले चर्को यातना दिएर विरामी बनाएपनि स्कुल प्रशासन जवाफदेहि नभएको आरोप लगाएका छन् । छात्राका बुबा अच्यूतका अनुसार ३ः ३० वजे तिर शिक्षकले ‘डव्लुडव्लुडव्लु’को फूलफर्म के हो भनेर छोरीलाई सोध्दा नजानेपछि एक्कासी निर्घात कुटपिट गरेका थिए ।

छोरीलाई त्यसरी मरणासन्न कुटपिट गरे पनि अभिभावकलाई भने स्कुलले ४ः ३० वजे गार्ड पठाएर खबर गरेको अच्यूतले गुनासो गरे । उनले भने,–‘ स्कुलको कक्षामा शिक्षकले त्यतिका कुटपिट गर्दा पनि स्कुलमै रहेका प्रिन्सीपल गणेश श्रेष्ठ भने मौन छन् ।’ खुट्टा नचल्ने अवस्थामा छोरीलाई उचालेर अस्पतालतिर लैजादा पनि प्रिन्सीपलले हेर्दे नहेरि पटक पटक धम्क्याउदै आएको पीडितका बुबा अच्यूतले बताए ।

पीडितकी आमा स्वस्तिकाले कुटपिटबाट छोरीलाई दमकको लाइफलाइन अस्पतालमा लगिए पनि थप उपचारका लागि विर्तामोडको विएण्डसी र भारतको सिलगुढीस्थित एक अस्पतालमा लगेर उपचार गर्नुपरेको बताईन् । ‘ मुड्कीले हिर्काउदा कम्मरमा मासुको भाग च्यातिन पुगेको छ’ चिकित्सकको भनाई उदृत गर्दे आमा स्वस्तिकाले भनिन्,–‘ अहिले छोरी ओछ्यानमा थला परेकी छन् ।’ ‘ लिगामेन्ट’ भएको भन्दै चिकित्सकले तीन साता लामो बेडरेस्ट गरि औषधी चलाएको उनले बताईन् ।

यसैवीच यतिका दिन भइसक्दा पनि स्कुलले विरामीको मानवीय उपचार र सद्भावको सट्टा उल्टै धम्क्याउने गरेर आफू पन्छिन खोज्दै आएको पीडितले गुनासो गरेका छन् । घटनामा संलग्न मात्र कारवाही हुने मनसायले स्कुल प्रशासन भने हालसम्म बेखबर भएको पीडित परिवारको तर्क छ ।

अच्यूत भन्छन्,–‘ स्कुल भित्र यसरी विद्यार्थी मरणासन्न कुटिदा स्कुल सञ्चालक भने रमिते मात्र भएको छ ।’ उनले घटनामा संलग्न शिक्षकसहित स्कुल प्रशासनलाई नै कारवाही गर्नुपर्ने माग गर्छन् । उनले आफनो छोरीमाथि शिक्षकले अन्धाधुन्ध यसरी कुटपिट गरेपनि अरु विद्यार्थीहरुले यस्तो हर्कत पुनः नदोरियोस भन्नका लागि प्रहरीसम्म पुग्नु परेको बताए । ‘ घटनामा संलग्न शिक्षक र सञ्चालकलाई कानुन अनुसार कारवाही हुनुपर्छ’ पीडितको भनाई छ ।

पीडितले इलाका प्रहरी कार्यालय दमकमा उजुरी गरेपछि शिक्षक दुतराज समातिएका छन् । उनी विरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्या दर्ता गर्ने तयारी गरेको छ । ३८ बर्षीय शिक्षक दुतराज दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर २ हट नम्बर ९१ सेक्टर डि २ का हुन् । ती शिक्षकले कम्प्यूटरका विद्यार्थीहरुलाई त्यसरीनै दुव्र्यवहार गरिआएको समाचार स्रोतको दावी छ ।

यता स्कुलका सञ्चालिका पारिजात निरौला श्रेष्ठले घटनामा स्कुलले आफनो जवाफदेहिता गरि आएको दावी गरेकी छन् । ‘ हामीले गर्ने सवै गरिआएका छौ’ उनले पीडितलाई उपचार दिलाउन स्कुलले सवै प्रवन्ध गरिआएको बताईन् । उनले पीडितलाई हेरेनन् भन्ने गलत भएको बताउदै स्कुल प्रशासन यस घटनाप्रति गंभीर भएको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार