दाङ २ बाट कृष्णबहादुर महरा विजयी

घोराही : दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् ।

महराले ३९ हजार ९५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार