कमलमा जनमुक्तिको घरदैलो कार्यक्रम

नयाँ बुलन्द

झापा : राष्ट्रिय जनमुक्ति पार्टीले आफना उम्मेदवारहरुलाई जिताउन आव्हान गर्दे आइतबार कमल गाँउपालिकामा घरदैलो चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

कमल गाँउपालिका –५ स्थित सितापुरीबाट शुरु भएको घरदैलो केर्खा, समयगढ, छलफल चौकमा आएर कोणसभामा परिणत भएको थियो । त्यस कोणसभामा पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम जवेगु, समानुपातिक तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारद्धय धनमाया थापा मगर, मोहन धिमाल , प्रदेशसभा सदस्यका उम्मेदवार कैलाश थापालगायतले देशलाई पूर्ण संघीयतामा लैजान ठुला दलहरुबाट अपेक्षा गर्न नसकिएकाले अव पहिचान र जातिय उत्पीडनको पक्षपाती पार्टीलाई विजयी गराउन जोड दिएका थिए । उम्मेदवारहरुले एमालेले यस क्षेत्रमा लामोसमयदेखि जनप्रतिनिधिका रुपमा नेतृत्व गरेपनि काम गर्न नसकेको आरोप लगाएका थिए ।

यसअघि पार्टीले दमकमा आफना संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यता तथा केन्द्रीय महासचिव केशव सुर्यवंशी, जिल्ला अध्यक्ष भवानी चन्द्र सेलिङको आतिथ्यतामा चुनावी कोणसभा समेत सम्पन्न गरेको क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर जिमीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार