नयाँ बुलन्द
झापा : आसन्न संघीय तथा प्रदेशसभा निर्वाचनमा आफना उम्मेदवारहरुलाई जिताउन संघिय समाजवादी फोरमले साविक लखनपुर क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
कमल गाउँपालिकामा अन्तर्गत लखनपुर क्षेत्रको विहिबार सम्पन्न भेलाले पार्टीका जिल्ला सदस्य सरोज लिम्बूको अध्यक्षतामा १८ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको हो । त्यस्तै भेलाले धर्म नारायण ताजपुरियाको अध्यक्षतामा १५ सदस्यीय कमल गाउँपालिका वडा नं ६ को वडा समिति र नारद राईको अध्यक्षतामा ११ सदस्यीय वडा न ५ को वडा समिति गठन गरेको छ ।
क्षेत्र नं ५ निर्वाचन परिचालन समितिका संयोजक प्रविण चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रतिनिधिसभाका उम्मेदवार सत्यदेव यादव, प्रदेश उम्मेदवार सुशील राई, समानुपातिक उम्मेदवार हरिदेवी लावती, पदमकुमारी लावती,शंकर राजवंशी, बैकल्पिक केन्द्रीय सदस्य गजेन्द्र लावती, प्रदेश सदस्य दिपेनबाला राई, शुरेस लावती, रुद्र अधिकारी, जिल्ला सहसचिव दिपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।






















































