एजे क्रियु डान्सकाे ´फाेटाे खिचाउला..’युटुवमा चाँडै अाउँदै

चेतन अाङथुपाे

चुलाचुली : पूर्वी झापा झिलझिलेमा रहेको एजे डान्स सेन्टरकाे चर्चा युटुवमा राम्रै चुलिन थालेको छ । अहिले  गायिका रेनु निराैला र तिलक बस्नेतकाे नयाँ गीत “मुख चुच्चो चुच्चो पारेर फाेटाे खिचाउला….” काे कभर भिडियो गर्न तयारीमा रहेका छन् ।

नाई मलाई थाहा छैन… बाेलकाे गीतबाट कभर भिडियाे सुरू गरेका एजे डान्स समूहले युटुवमा  राम्रै भ्युर, लाइक पाउन सफल रहेकाे छ । त्यसपछि दाेस्राे ब्रेक फेल…., तेस्रो जता जता पिरतीकाे बाटो …. हुँदै चाैथाे अाएम सरी… गीतको कभर भिडियो सम्म अाइपुग्दा लाखौं दर्शककाे राम्रै प्रतिक्रिया र माया पाएका छन् ।

एजे डान्स सेन्टर एक बर्ष अघि झापा केर्खाबाट ७० हजारकाे लगानीबाट सुरू गरेका अरूण अाेजी लिम्बू (१७)ले भने, ‘मासिक ६० हजार सम्म कमाई हुने गरे पनि  हाल झापाकै झिलझिले र गाैरदह नगरपालिकामा ब्रान्स संचालन  गरिरहन्दा ७ लाख हाराहारीमा लगानी पुगेका उनले वताएका छन ।’

 एजे क्रियु डान्सका िडरेक्टर तथा काेरियाेग्राफर काे हुन त ?

इलाम चुलाचुली-२ तीनकुने घर भएको अरूण लिम्बू  बुबा-अामाले कम्प्यूटर  ग्राफिक डिजाइन पढ्न दमकमा उनका मामा संगै रूममा राखेकाे अरूणले परिवारमा थाहा नदिइ स्वागत डान्स सेन्टरकाे गुरु स्वागत राईबाट तीनमहिने काेर्ष गरेकाे थियाे । अरूण अाेजी लिम्बू २०७३ काे एसइइ परीक्षा पास भएर दमक मल्टिपल कलेजमा शिक्षा संकायमा भर्ना भए कलेज भने गएनन् बुवा-अामाले बुझदै जाँदा छाेरा डान्स सेन्टर चलाउने तयारीमा रहेछ ।

सानै छंदै पढाइ र प्रतिभामा अब्बल अरूण १६ बर्षकै उमेरमा लाखौं खर्चिएर डान्स सेन्टर संचालन गर्न सक्ने साहस देखाएका छन ।

झपैसा संगै काम र नाम हुने क्षेत्र नै डान्स बुझेका अरूणले दैनिकी समय कलेज धाएर वेराेजगार हुनु भन्दा वेलैमा विकल्प राेजे प्राविधिक लाईन मध्ये नृत्य क्षेत्र पनि एक हाे भनेर, यतिबेला बुवा-अामाकाे राम्रै सहयोग पाएका अरूण दुई छाेरा मध्ये कान्छा हुन । अाफ्नाे र दाजुकाे नाम जाेडेर अरूण+जीवन नै( एजे) डान्स सेन्टर भएको उनी वताउँछन । अाफु संगैका साथीहरू गाउँमा त्यसै छन, काेहि पढ्न छाडे काेहि पढि रहेका छन, कतिले घरजम्म गरेका छ भने, अरूण अाेजी यतिवेला डान्स क्षेत्रमा करियर बनाउने व्यस्त काेरियाेग्राफर बनेका छन ।

चुलाचुली गाउँपालिकाकाे एक मात्र पर्यटन तथा सिममसार क्षेत्र तीनकुने पाेखरीकाे दृश्यलाई पहिलो पल्ट उनले अाफ्नाे कभर भिडियोमा छायांकन गरेका छन । पाेखरी सिमसार क्षेउकै पसल घरमा भेटिएको उनका बुबा गंगा अाेजि लिम्बूले भने,’छाेराले पढेर केही गराेस भनी धेरै खर्च गर्न तयार थिए, पढ्न भन्दा ज्यादा मन नाच्नुमा देखे पछि चिन्ता लागेकाे थियाे, पछि छाेरा संगसंगै कार्यक्रममा सहभागी हुनथालेपछि थाहा भयाे, उ गल्त ठाउँमा छैन उसलाई चिन्ने र माया गर्न ठूला मान्छेकाे संगत देखेपछि खुसी नै छु ।’

अामा इन्द्रमाया लिम्बूले भनिन, ‘विहानै हिडेकाे छाेरा साँझसम्म घर फिर्कन्दैन थियाे, उसकाे बुबाले छाेरा बिगारिस भनेर गालि गरि रहने, उमेरले सानै अाट भने सानैबाट ठुलाे थियाे, अहिले सम्म अाफ्नै खुट्टामा उभिएको छ, जे इच्छा लाग्छ त्यहि काममा निरन्तर गर भन्ने गरेकाे छु ।’

एजे क्रियु डान्स सेन्टरले ६ वटा डान्स प्रतिभा कार्यक्रम अाफ्नै व्यानरमा अायाेजना गरिसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार