रौतहट : एमाले नेता माधवकुमार नेपालको वडामा राजपा नेपालको प्यानल नै विजयी भएको छ।
नेता नेपालको घर भएको रौतहटको गौर नगरपालिकास्थित वडा नम्बर २ को वडाध्यक्षमा राजपाका उम्मेदवार राकेशकुमार झा सहितको प्यानल विजयी भएको हो।
झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतले पराजित गरेका हुन्। राजपा उम्मेदवार झाले ३ सय ७३ मत पाए भने एमालेका उम्मेदवार यादवले १ सय ५० मत प्राप्त गरेका थिए।