अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्याउने एउटा परेवालाई प्रहरीले गोली हानी खसाएको छ । शुक्रबार सो जेलका अधिकारीहरुले लागुऔषध ओसारपसारमा प्रयोग भएको परेवा मारिएको जानकारी दिएका हुन् ।
मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा सो घटना भएको एएफपीले जनाएको छ । उडेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्यसलाई गोली हानेका थिए । मारिएको परेकोको ढाडमा लागुऔषधका चक्की तथा गाँजा बाँधिएको पोका भेटिएको थियो ।
सन् २०१३ मै लागुऔषध कारोबारीहरुले ओसारपसारमा तालिमप्राप्त परेवा प्रयोग गर्न थालेको जानकारी दिइएको थियो । सरकारी अधिकारीहरुका अनुसार तालिमप्राप्त परेवाले एक दिनमै १५ पटकसम्म लागुऔषध पुर्याउन सक्छ ।
सूचनाकेन्द्र बाट शाभार