नयाँ बुलन्द
चुलाचुली : इलामको चुलाचुलीमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट ४० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
नरेन्द्र गिरी सामाजिक कल्याण प्रतिष्ठानले चुलाचुली-३ सुपारीबोटेमा आयोजना गरेको शिविरमा स्वास्थ्य चौकी प्रमुख दुस्यन्त दाहाल र अनमी विमली वस्नेतले स्वास्थ्य सेवा प्रवाह गरेका थिए । शिविरबाट २ देखि ८५ वर्ष उमेरकाले सेवा लिएको थियो ।
साथै नरेन्द्र गिरी सामाजिक कल्याण प्रतिष्ठान र स्वास्थ्य चौकी चुलाचुलीले पहिरो पीडितलाई राहत समेत वितरण गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र केरुङ, वडा अध्यक्ष नरेन्द्र लावती लगायतको उपस्थिती रहेको थियो ।