माइस्थान मन्दिर भिडियो सुटिङ्गको पहिलो रोजाईमा

सुजता सुनुवार

इलाम : दुई सय ५० वर्ष भन्दा अगाडी स्थापना भएको माइस्थान मन्दिरलाई सप्तमाईको प्रतिकका रुपमा मानिदै आएको छ । सूर्य खलङ्गाको ढुङ्गा राखिएको नौ वटा देवीदेवताका पूजा स्थल मानिएको धार्मिक क्षेत्रको महत्वलाई ताम्रापत्रको छानो र निशानले अझ बढी यसको महत्वलाई बढाएको मन्दिरका पुजारी दुर्गा ढुङ्गेल बताउँछन् ।

यी यस्ता धार्मिक र ऐतिहासिक महत्व बोकेको इलामको माइस्थान मन्दिर पछिल्लो समय भिडियो सुटिङ्गको  लागी पहिलो रोजाईमा पर्दै गएको छ । यसैक्रममा आज यो मन मेरो…… बोलको गीतको म्युजिक भिडियोको मूख्य छायाङ्कन यसै मन्दिर परिसरका क्षेत्रलाई राखिएर तयार गरीएको छ ।

यस क्षेत्रको छायाङकनलाई भिडियोमा कैद गर्दा गीतलाई साच्चिकै न्याय हुने किसिमको रहेको इलाम सदरमुकाम स्थित युनिभर्सल डान्स सेन्टरका नृत्य निर्देशक रोशन कर्मचार्यले बताए । गीतमा इलामका चोक बजार, चियाबारी लगायतका स्थानलाई पनि म्यूजिक भिडियोमा कैद गरिएको छ ।

आर बी पुनमगरको शब्द रचना, सूर्य दयालुको संगीत र आवाजमा रहेको गीतमा मूख्य भूमिकामा मोडल इलामकै सुनिल गुरुङ्ग र अञ्जु काफ्लेलाई हेर्न पाइनेछ । काठमाण्डौका वरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफीमा गरिएको म्युजिक भिडियोमा युनिर्भसल डान्स सेन्टरका २० जना कलाकारहरुको समेत नृत्यलाई हेर्न पाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार