नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाको जित

मेयरमा धवल समशेर, उपमेयरमा कांग्रेसकी उमा थापमगर

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात पारेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।

राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए । राणाले ३७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् ।

उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् । उनले १०७३१ मत ल्याएर उपमेयर पक्का गरिन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार