नयाँ बुलन्द
पाँचथर : पाँचथरको मिक्लाजोङ गाँउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमर माखिम निर्वाचित भएका छन् । उनले नेकपा एमालेका धनकुमार फियाकलाई हराँउदै विजयी बने । माखिमले ३७०४ मत प्राप्त गरे भने फियाकले ३४२५ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा एमालेकी उर्मिला राई विजयी बनिन् । उनले माओवादीकी जुनु लावतीलाई पछि पार्दै निर्वाचित भइन् । राईले ३६०४ मत प्राप्त गरिन् भने लावतीले ३३४३ मत प्राप्त गरेकी थिइन् । यहाँ एमालेका तर्फवाट पराजित फियाक एमालेका जिल्ला उपाध्यक्ष हुन् ।
मिक्लाजोङमा कांग्रेसले तेस्रो स्थानमा चित्त बुझाउन बाद्य भयो ।