
नरेन इलामेली
नयाँबजार : माइजोगमाइ गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । साविकको नयाँ बजार क्षेत्र पर्ने सो वडामा एमालेका याबबहादुर कार्की १०७४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर निरौलाले ९५४ मत मात्र पाएका थिए ।
त्यसैगरी महिला सदस्यमा एमालेकी विष्णुमाया राइ ११२३, दलित महिला सदस्यमा भीमादेवी चँदरा ११२८, खुला सदस्यमा दलबहादुर राइ १०९५ र अर्का खुला सदस्यमा दुवी खरेल ११०२ मतका साथ विजयी भएका छन् ।
























































