स्थानीय तहको चुनावमा स्थायी शिक्षकको आर्कषण बढ्दो

सुजता सुनुवार

इलाम : स्थानीय तहको चुनावमा स्थायी शिक्षकहरुको आकर्षण बढ्दो छ । चुनावमा उम्मेद्वार बन्न भन्दै इलामका नौ जना स्थायी शिक्षकले आफ्नो पेशाबाट राजीनामा दिएका छन् ।

स्थानीय तह चुनावमा उम्मेद्वार बन्ने भन्दै अहिलेसम्म नौ शिक्षकले राजीनामा दिएको जिल्ला शिक्षा कार्यालय इलामले जानकारी दिएको छ ।

जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत डम्बरबहादुर सुबेदीका अनुसार निर्वाचन घोषणापछि इलाममा नौजना शिक्षकले राजिनामा दिएको र सबैको राजीनामा स्विकृत भइसकेका छन् ।

राजिनामा स्विकृत भइसकेका नौ जना शिक्षक-शिक्षिकाहरुमा जनआधारभूत बिद्यालयका डालाकुमारी कार्की, महेन्द्रोदय आधारभूतका दावा तामाङ्ग, त्रिभुवन आधारभूतका धनबहादुर राई, इभाङ आधारभूतका कृष्णबहादुर बस्नेत, जीतपुर माविका गिरीधारी बराल, सिद्ध आधारभूतका बेनुमाया सापकोटा र सुर्ययप्रसाद नेपाल, बिन्ती बिनायक आधारभूतका चक्रबहादुर कटुवाल र किराँतेश्वर माविका पृथ्बीपति राईले शिक्षक-शिक्षिका पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिने शिक्षकहरु शिक्षकको पेशागत संगठनमा रहेर राजनीतिमा क्रियाशील रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार