नयाँ बुलन्द
इलाम : विश्व औलो रोग दिवसको अवसरमा इलाममा र्याली निकालिएको छ । औलो रोग उन्मूलन सम्बन्धी विभिन्न व्यानर र प्लेकार्ड सहितको र्याली इलामको ठूलो टुँडीखेल हुँदै इलाम बजार परिक्रममा गरेको थियो ।
र्यालीपछि जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख टंक चौधरीले औलो रोग र त्यसको निराकरणका लागि नेपालले लिएको लक्ष्यलाई सफल बनाउन सबै लाग्नु पर्ने बताए ।
नेपाल सरकारको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, डब्लु एच ओको ग्लोबल फण्ड र एससिएफ नेपालले संयुक्त रुपमा २०१६ मा इलाममा गरेको अनुसन्धानले अब साविकको चुलाचुली–८ मात्र मलेरियाको उच्च जोखिममा रहेको सार्वजनिक गरेको जिल्ला जनस्वासथ्य कार्यालयले जनाएको छ ।
यसअघि जिल्लाका माईनगरापलिकाको दानाबारी, महमाइ र साविकको चूलाचूली गाविसलाई मलेरियाको उच्च जोखिम मानिएको थियो । यो वर्ष भने साविकका चिसापानी र महमाइमा एकएक वटा मलेरियाको बिरामी फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।