सुर्योदयमा छैठौं अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता

नयाँ बुलन्द

इलाम : इलामको सुर्योदय नगरपालिकामा छैठौं अन्तराष्ट्रिय खुल्ला कराते च्याम्पियनसिप हुने भएको छ ।

नेपाल सितोरियो कराते संघ इलामको आयोजनामा बैशाख १५ गतेबाट १७ गतेसम्म फिक्कलमा प्रतियोगिता आयोजना हुने भएको हो ।

फिक्कलमा आयोजना गरेर आयोजकले प्रतियोगीताका बारेमा जानकारी दिएका छन् ।  प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेशका ४ सय बढी खेलाडीहरु  सहभागी हुँनेछन् ।

प्रतियोगितामा पुरुष तर्फ २० देखी ७५ केजीमाथी तौल समुहका १३ विधामहिला तर्फ २५ देखी ६५ केजी तौल समुहमा ११ विधा र  कातामा २ वटा विधाका १०० वटा मेडलका लागी प्रतिस्पर्धा हुनेछ  । प्रत्येक तौल समुहमा २ जना खेलाडीहरु छनौट गरी अन्तिम प्रतिस्पर्धा गराइने नेपाल सितोरियो कराते संघ इलामका अध्यक्ष योगेश चाम्लिङ्ग राईले बताए ।

अन्तराष्ट्रिय स्तरमा सहभागी जनाएका इलामे खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न १० लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान गरिएको चाम्लिङ्गले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न चौधरी ग्रुपको नेपाल आइस, जिल्ला समन्वय समिती, स्थानिय कलकारखाना, मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन समिती, सुर्योदय होटल व्यवसायी संघले सहयोग गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार