२ महिना जेल बसेर नेपाल फर्कन लागेका राई फेरी जेलमा

 परिवारमा पीडा

सुजाता सुनुवार

इलाम : इलामको माई नगरपालिकाका २९ वर्षका प्रेमबहादुर राई  कामको शिलशिलामा दोस्रो पटक पनि साउदी अरब पुगे ।

पहिलो पटक राम्रै आम्दानी गरेका राइले अझै धेरै कमाउने आशामा पहिले काम गरेकै कम्पनीमा गए । पहिलेको जस्तै राम्रो कमाई हुन्छ भनेर पुरानै कम्पनीमा काम गर्न गएका उनलाई कमाउनुको त परैको कुरा, घर फर्कन पनि नपाउने हो की भन्ने चिन्ताले सताउन थालेको छ ।

आफूले काम गरिरहेको कम्पनीको सामान गाडीबाट नै चोरी भएपछि राई ११ महिनादेखि साउदी अरेविया स्थित रियाद नदिमको जेलमा जेल जीवन बिताउँदै छन् ।

राई ५ वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियाद स्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी चालकको रुपमा साउदी गएका थिए । उक्त कम्पनीमा ३ वर्ष ३ महिना काम गरेर चार महिने छुट्टी लिएर नेपाल फर्केका थिए ।

नेपाल फर्किएका राईलाई स्वदेशमा नै बसेर तत्काल व्यवसाय गर्ने सोचाइ आएन । उनलाई विदेश जाने अलि अझै धेरै पैसा कममाउने र नेपाल आएर केही गर्ने सोचले सताइरह्यो । फेरी पहिले काम गरेकै ठाँउमा गएर पछि मात्र नेपालमा नै राम्रो व्यवसाय गर्ने सपना बोकेर पुनः त्यही कम्पनीमा काम गर्न उनी पुसको अन्तिम साता साउदी गएका थिए ।

यसरी पुगे जेल

२०१६ अप्रिल ३ तारिखमा उनको गाडीले बोकेको केबलतार चोरी भएपछि त्यसैको आरोपमा पक्राउ परे । चोरीको आरोपमा उनलाई अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो ।

गाडीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा पुगेपछि राई गाडी पार्किङस्थलमा रोकेर साथी भेट्न गएका थिए । त्यहीबेला लहरीसहित तार चोरी भएको थियो । चोरी भएको थाहा हुनेबितिकै कम्पनीलाई सम्र्पक गरी प्रहरीलाई जानकारी दिएको २ दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा सिसा तोडफोड भएको अवस्थामा गाडी भेटिएपनि तार भने नभेटिएको दाजु चक्रबहादुरले बताए ।

दाजु चक्रबहादुर कुलुङ राईका अनुसार सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्दा हालेपछि प्रहरीले हिरासतमा राखेर ३ लाख १० हजार रियाल ९९५ लाख रुपैयाँ नेपाली जरिवाना तोकेको छ ।

राईका दाजुले भने, ‘जेलमा राखेको भए त समयमा खान र सुत्न पाउथ्यो तर हिरासतमा राखिएकोले समयमा खाना र सुत्न पनि पाउदैन । दैनिक रुपमा भाईको स्वास्थ्य विग्रदै गएको छ,  अब भाइको घर फर्काउने इच्छा त सपना मात्रै होला जस्तो लाग्न थालिसक्यो उनले दुखेसो पोखे ।

भाइलाई र दुतावासलाई फोन गरेर आधा तलव गयो

भाइलाई र नेपाली दुतावासलाई कुवेतबाट फोन सम्पर्क गर्दा गर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे । भाईको रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा बारम्वार सम्र्पक गरेपनि, अहिलेसम्म भाईको कागजात लैजाने बाहेक केही सहयोग हुन नसकेको पीडित परिवारको गुनासो छ ।

आर्थिक अवस्था दयनीय रहेका राईको घरमा ७ महिने सुत्केरी पत्नी, ७ वर्षकी छोरी र ७ महिनाको छोरा साथै बृद्ध आमा–बाबु छन् ।

राईकी श्रीमती सरिता राईले भनिन्, ‘मेरो साथमा ७ महिने सानो बच्चा र वृद्ध बाबुआमा भएकाले श्रीमानलाई नेपाल झिकाउने कार्यमा काठमाण्डौँमा बसेका भाई र दाईमा निर्भर छु । नेपालबाट राजदुताबासले पहल गर्यो भने नेपाल फर्कन पाउने निश्चित छ ।

राईलाई नेपाल फर्काउने कार्यमा सहयोग गरिरहेको विजिनेस कम्पनी क्रियटिप युनिक ग्रुप प्रा. लि. का टंकराज कुलुङ्ग राईका अनुसार २०७३ फागुन २८ गते का दिन श्रम मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र श्रम विभागको कन्सुलरमा निवेदन दिएको तर अहिलेसम्म कुनै खवर र पहल चालिएको छैन ।

राईको दाजु चक्र कुलुङ्ग राई समेत रोजगारीका सिलसिलामा कुवेतमा छन् । विदेशमा रहेर भए पनि भाईलाई नेपाल पठाउने कार्यमा दिनरात लागिरहेका छन् । तर दुतावासको व्यवस्ताका कारण दाईको समय र पैसा मात्र सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार