निर्वाचन सम्बन्धी प्रशिक्षण

नयाँ बुलन्द

इलाम : सामाजिक अध्ययन विषय शिक्षकहरुका लागि चार दिने निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम इलाममा सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम जिल्ला निर्वाचन कार्यालय इलामले आयोजना गरेको हो ।

कार्यक्रममा जिल्लाका माध्यमिक विद्यालयहरुमा कार्यरत एक सय २० जना सामाजिक विषय अध्यापनरत शिक्षकलाई दिइएको हो । निर्वाचन शिक्षा हरेक विद्यालय तहका विद्यार्थीहरुलाई पनि जानकारी होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बा खेम राईले जानकारी दिए ।

तालिमको सहजिकरण जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेमकुमार काफ्ले, लेखापाल भरतकुमार पौडेल र नासु खेम राईले गरिरहेका छन् ।

दुई समुहमा सञ्चालन गरिएको सो तालिममाको उद्द्घाटन कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी डम्बरबहादुर सुवेदी, प्रहरी उपरिक्षक शुसिलकुमार यादव र जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति टिका निरौला लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार