नयाँ बुलन्द
गजुरमुखी : इलामको गजुरमुखीमा जारी हर्कबहादुर देवान स्मृति फूटबल प्रतियोगितामा आयोजक गजुरमुखी-९ बी विजयी भएको छ । पहिलो खेलका लागि निर्माधित समयमा प्रतिष्पर्धी स्टार ग्रुप साङ्गरुम्बा उपस्थित नभएपछि गजुरमुखी-९ बी स्वत विजेता बन्यो ।
दोस्रो खेलका लागि निर्धारित समयमा दुवै प्रतिष्पर्धी टिम वरभञ्ज्याङ फूटबल क्लब धुसेनी र गजुरमुखी-१ उपस्थित नभएपछी खेल हुन सकेन । अब सो खेल पहिलो राउण्डको अन्तिममा हुनेछ ।
प्रतियोगिता अन्तरगत आइतबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा जगुरमुखी धाम र एएफसी धुसेनी तथा दोस्रो खेल गजुरमुखी-९ सी र गजुरमुखी-७ बीच हुने जनाईएको छ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ ।