स्ववियु पूर्ण समानुपातिन हुनुपर्छ : लिवि मञ्च

नयाँ बुलन्द

इलाम : लिम्बु विद्याथीहरुको सामाजिक संस्था लिम्बु विद्यार्थी मञ्चले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार हुनुपर्ने माग गरेको छ ।

लिम्बु विद्यार्थी मञ्चको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि सोमबार माङसेबुङ घोषणापत्र जारी गर्दै लिवि मञ्चले सो माग गरेको हो । उत्पीडत वर्ग, क्षेत्र, लिङग र जातिलाई नेतृत्वमा समेट्नुका लागि पूर्ण समानुपातिक बनाउन आवश्यक रहेको भन्दै मञ्चले निर्वाचन विधि परिवर्तन गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तय गरेको छ ।

त्यस्तै मञ्चले लिम्बु राष्ट्रभाषामा उच्च तहसम्म निःशुल्क व्यवहारिक शिक्षा पठनपाठन हुनुपर्ने सरकारसँग माग गरेको छ । लिम्बुवान क्षेत्रमा रहेको शैक्षिक संस्थाहरुको नाम राष्ट्रभाषा र लिपि किरात सिरिजंगा लिपिमा लेख्ने अभियान सञ्चालन गर्दै मौलिक पोषाक तागा र मेख्लीलाई विद्यालयको पोषाकको रुपमा लागु गर्न पहल गर्ने माग गरेको छ ।

मञ्चले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य हुनुपर्ने माग गरेको मञ्चका नवनिर्वाचित महासचिव सुवास खुदाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार