ताप्लेजुङ विद्यार्थी सम्पर्क मञ्‍चमा प्रेमदास

नयाँ बुलन्द

इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत ताप्लेजुङका विद्यार्थीहरुको भेलाले आज प्रेमदास भट्टराईको अध्यक्षतामा १९ सदस्यीय ताप्लेजुङ विद्यार्थी सम्पर्क मञ्च इलामको पुनर्गठन गरेको छ ।

सम्पर्क मञ्चको उपाध्यक्षमा सम्झना राई, सचिव विभुषण भट्टराई, सहसचिव हेमन मगर, कोषाध्यक्षमा कुमार भट्टराई चयन भएका छन् ।

सदस्यहरुमा अनमोल पौडेल, इश्वरी ढुङ्गाना, नविन विष्ट, प्रशंसा ढुंगाना, भोला पौडेल, केदार नेपाल, सरोज लिम्बू, शोभित शंकर, अंकित गौतम, अभिषेक विष्ट, भावना खड्का, दाबा शेर्पा, मिना बस्नेत, मनोज बस्नेत, विना बस्नेत, निकेश दाहाल, भरत अधिकारी, कुमार विष्ट, सागर बुढाथोकी लगायत रहेका छन् ।

ताप्लेजुङबाट इलाम अध्ययनका लागी आउने सम्पूर्ण विद्यार्थीलाई मञ्चमा गोलबद्ध गर्ने उदेश्यका साथ गठित सम मञ्चको सल्लाहकारको रुपमा ताप्लेजुङ इलाम सम्पर्क मञ्च नामक संस्था रहने छन् भने हाललाई उमेश गौतमलाई सम्पर्क मञ्चको सल्लाहकार सदस्यमा मनोनित गरिएको जनाइएको छ ।

मञ्च पुनः गठन कार्यक्रम संयोजक शोभित शंकरको अध्यक्षता र उमेश गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार