विनोद ढकाल
काठमाडौं : पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टिमको दबदबा देखिएको छ ।
सुरुका दुई दिनको खेलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । कुल २ हजार १ सय ४२ पदकमध्ये १२० वटाको छिनोफानो भइसकेको छ ।
नेपाली सेनाले १३ स्वर्णसहित ३६ पदक जितेको छ भने नेपाल प्रहरीले ९ स्वर्णसहित ३० पदक चुमेको छ । तेस्रो स्थानमा रहेको सशस्त्र प्रहरीले ६ स्वर्णसहित २२ पदक हात पारेको छ ।
तीन विभागीयसहित आठ टिम रहेको प्रतियोगितामा २ कास्यमात्र जितेर पश्चिमाञ्चल पदक तालिकाको पुछारमा छ।