तारावीर लिम्बू
मंगलबारे : इलामको देउमाई नगरपालिकास्थित भानुभक्त माध्यमिक विद्यालयमा लिम्बू विद्यार्थी मञ्चको मावि इकाइ समिति गठन भएको छ ।
शुक्रबार भएको लिम्बू विद्यार्थीहरुको भेलाले सरोज लोरिन्देनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । समितिका उपाध्यक्षमा समिप सम्बुहाङ र बिबिस फियाक, सचिव सुनिला योङहाङ, सहसचिव ओमन सदेम्बा र माया फागो तथा कोषाध्यक्षमा अनिसा लोरिन्देन चयन भएका छन् ।
सदस्यहरुमा कौशिला फागो, उसा योङहाङ, अनिता लिम्बू, मनिस बेघा, सुवास योङहाङ, रबिन बेघा, धरेन्द्र बेघा र सुशिला बेघा रहेका छन् ।
त्यस्तै अध्यक्ष सरोज लोरिन्देन, सचिव सुनिला योङहाङ र सहसचिव माया फागो महाधिवेशन प्रतिनीधि चयन भएका छन् ।
कार्यक्रम लिम्बू विद्यार्थी मञ्चका केन्द्रिय सदस्य हेमराज लिम्बू, इलाम उपाध्यक्ष तारावीर लिम्बू र सदस्य चित्र लिम्बूको उपस्थितीमा भएको थियो ।