सात बुँदे दमक घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थी मञ्चको महासम्मेलन सम्पन्न

दमक : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्चको प्रथम अन्तराष्ट्रिय महासम्मेलन विहिबार दमक घोषणा–पत्र जारी गर्दै औपचारीक रुपमा सम्पन्न भएको छ । कार्तिक २, ३ र ४ गतेसम्म संचालन भएको अन्तराष्ट्रिय महासम्मेलनले सात वुदे दमक घोषणा–पत्र जारी गर्दै महासम्मेलन सम्पन्न भएको हो ।

14800281_1199653070096696_1804515897_oमञ्चले विहिबार दमकमा आयोजित पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेर महासम्मेलनको समापनमा दमक घोषणा–पत्र जारी गरेको हो । लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष एबम् अन्तराष्ट्रिय महासम्मेलन आयोजक समितिका संयोजक आङबुहाङ अबोध अविरलको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

संसारभरका, आदिवासी लिम्बुहरुको भाषिक र सास्कृतिक एकता साथै आपसी समन्वय, भातृत्वको भावना अभिवृछि गराउर्दै पहिचान झल्किने पहिरन, जातिय भेषभुषा र ऐतिहासिकस्थलहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने भनिएको छ ।

त्यस्तै, लिम्बु समुदायको भाषा, धर्म, संस्कृति र इतिहासको संरक्षण र विकाशमा संसारभरका लिम्बु विद्यार्थीहरु साझा नीति तथा कार्यक्रम तय गर्ने एकमत वनेको घोषणा–पत्रमा उल्लेख छ । लिम्बु मातृभाषामा शैक्षिक पठन–पाठनको मुद्यालाई अन्तराष्ट्रियकरण गर्न आवश्यक भुमिका गर्ने महासम्मेलनले पारित गरेको छ ।

लिम्बु समुदायमा आफ्नो नाम लिम्बु भाषामा राख्न अभियान संचालन गर्ने र आगामी तीन वर्षमा लिम्बु विद्यार्थीको दोस्रो अन्तराष्ट्रिय महासम्मेलन आयोजना गर्ने महासम्मेलनले घोषणासमेत गरेको छ । कार्तिक २ गते दमक–१२ गते किराँत भवनस्थित खुल्ला प्रड्डणमा भएको अन्तराष्ट्रिय महासम्मेलको संघीय मामिला तथा स्थानीय विकाश राज्य मन्त्री श्रीप्रसाद जवेगुले उद्घाटन गरेका थिए ।

लिम्बु पहिचान र सभ्यताको विकाश क्रमलाई जोढेर लिम्बु मोडलहरुले भेषभुषा प्रर्दशन गरिएको थियो । उद्घाटनको अवसरमा विभिन्न राजनितिक पार्र्टी प्रतिनिधि, विद्यार्थी संघ–संगठनका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी गायक दीपक लिम्बु, पुर्व मिस नेपाल सुविन लिम्बु, मोडल एबम् कलाकार अपसना नेम्बाङले मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै ३ गते विभिन्न राष्ट्रहरुमा अध्यनरत लिम्बु विद्यार्थी र प्रोफेसरहरुद्धारा कार्यपत्रहरु पेश गरेका थिए भने सो कार्यपत्र माथि टिप्पणी र वहश गरिएको थियो । घोषण–पत्रमा नेपालको तर्फवाट लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरल, दार्जिलिङवाट असेस काम्बाङ, भूटानवाट प्रेम लिङ्देन, आसामवाट विरेन्द्र सुब्बा, सिक्किमवाट कौशिला सुब्बा र अमेरिकावाट धिरेन्द्र नाल्बोले हस्ताक्षर गरेका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा मञ्चका उपाध्यक्ष विशाल आङ्दम्बे, सचिव फिपराज वेघा, महासम्मेलन व्यवस्थान समिति संयोजकसमेत रहेका मञ्चका केन्द्रीय सदस्य अभिशेक मावो, आयोजक समिति सदस्य बिक्रम शेर्मा लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार