महिलाले जन्माइन् अनौठो बच्चा: तीन हात, दुई टाउको, दुई खुट्टा र एक मुटु

मुम्बई : मुम्बईमा एक महिलाले अनौठो बच्चा जन्माएकी छिन् । मुम्बईको सायन अस्पतालमा सियासिम बच्चालाई जन्म दिएको हो । यो नवजात शिशुको तौल ४।५ किलोग्राम छ र दुई टाउकोका साथै शरीरमा ३ हात पनी छन् । भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुको दोस्रो टाउको काँध नजिकै छ ।

Baby
भारतीय सञ्चार माध्यमका अनुसार यो शिशुलाई जन्म दिने आमाको नाम शाहिन इरशान खान हो । र उनी उत्तर प्रदेश फतेहपुरकी स्थायी वासिन्दा हुन् । शाहिनले यस्तो बच्चा जन्माएपछि अस्पतालका डाक्टरसमेत अचम्म परेका छन् ।

अस्पताल प्रशासनले भनेको छ– ‘जुम्ल्याहा बच्चा त जन्म लिन्छन् तर, दुई टाउको र एक मुटु भएका बच्चा ५ लाखमा १ वा २ जना मात्रै हुन्छन् ।’ भारतीय सञ्चार माध्यमका अनुसार सायन अस्पतालका बाल चिकित्सक ९सर्जरी विभाग०का अध्यक्ष डा पारस कोठारीले बच्चाको अवस्था सामान्य रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार