जर्मनी यूरोकपको सेमीफाइनलमा

इटालीलाई गाह्रोगरी हराउँदै विश्वविजेता जर्मनी यूरोकपको सेमिफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा इटालीसँग १–१ को बराबरी खेलेको जर्मनी ट्राइब्रेकरमा ६–५ विजयी भएको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल मात्र गरेपछि थपिएको ३० मिनेटमा कुनै गोल हुन सकेन् । ट्राइब्रेकरमा दुवै टोलीले २–२ गोल मात्र गरेपछि खेल सडेन डेभमा पुगेको हो ।

खेलको ६५ औं मिनेटमा मेसुट ओजिलले जर्मनीको लागि गोल गरे भने पेनाल्टीमार्फत इटालीको लागि लियोनार्दो बोनुचीले गोल गरेका थिए ।

ट्राइब्रेकरमा जर्मनीका थोमस मुलर, मेसुट ओजिल र बास्टियन स्वाइन्स्टर गोल गर्नबाट चुके । इटालीका साइमोन जाजा, ग्राजियानो पेले, लियोनार्दो बोचुनी र डार्मियन गोल गर्नबाट चुकेका थिए ।

सडेन डेथमा गएको खेलमा इटालीका डार्मियन गोल गर्न चुक्दा जर्मनीका लागि जोनस हेक्टरले विजयी गोल गरेका थिए ।

जर्मनीले अब फ्रान्स र आइसल्याण्डबीचको खेलको विजयीसँग सेमिफाइनल खेल्नेछ । जर्मनी यूरोकपको सेमीफाइनलमा पुगेको यो लगातार तेस्रो पटक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार