इलाममा टोलकप फूटबलको तेस्रो संस्करण सुरु

football ilam 20
फाइल तस्विर

नयाँ बुलन्द

इलाम : इलाम सदरमुकाममा शनिवारबाट टोलकप फुटलब प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ ।प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा सिंहनगर टोल विजयी भएको छ ।

नविनचौक टोल ‘ए’ लाई ९-३ गोलको भारी का विरुद्ध अन्तरमा पराजित गर्दै सिंहनगर विजयी भएको हो । जितका लागि सिंहनगरका सन्तोष रम्तेलले एक्लै सात गोल गरेका थिए । त्यस्तै कप्तान राजु थापा मगर र स्ट्राईकर भिम लिम्बूले एकएक गोलको योगदान गरेका थिए।नविन टोलका तर्फबाट मदन खड्काले दुर्इ र आशिष रम्तेलले एक गोल फर्काउन सफल भएका थिए ।

प्रतियोगिता सुरु भएकै दिन अर्थात शनिवार आयोजक समितिका सचिव च्याङ मुखियाकी आमाको निधन भएका कारण निर्धारित खेल तालिका एक दिन पछि हुने अध्यक्ष लिम्वूले नयाँ बुलन्दलाई जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुने जनाइएको छ । एक दिन खेल तालिका सर्दा फाइनल खेलको अघिल्लो दिन १४ गते समेत प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।

क्लब ओएसिसले आयोजना गरेको प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टीमले सहभागिता जनाएको क्लबका अध्यक्ष च्यान्द्रु लिम्वूले जानकारी दिए ।

तियोगिताका विजेता टिमले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने डा. लिम्बूले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक लाख खर्च लाग्नेछ । त्यसका लागि प्ले टुगेदर हङकङबाट १० हजार सहयोग प्राप्त भएको छ । बाँकी रकम अन्य खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने अध्यक्ष लिम्बूले जनाए । दुई वर्ष अघि केही जुझारु युवाहरुको समूहबाट गठित क्लब ओएसहीस गत वर्ष जिल्ला प्रशासनमा आधिकारिक रुपमा दर्ता भएको क्लब हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार