एकलब्यको पुनर्जन्म

jiten
जीतेन मुस्कान

इलाम : आदिम सूर्यले एक चिम्टी सिन्दुर
गुराँसको सिउँदोमा छरेपछि
म एकलब्य
फेरि युमाको गर्भबाट जन्मेको हुँ ।
त्यो लालघाम मेरै पापा हो भन्छन्
त्यो मूक पहाड मामली गाउँ हो भन्छन् ।
एकलास गर्जने चितुवा मेरै सन्तान हो भन्छन् ।
काभ्राको हाँगा हाँगामा उफ्रने जुरेली मेरै साथीसंगी हो भन्छन् ।
मैले इन्द्रेणीको रंगबाटै टिपेको हु किराँती लिपि ।
नागबेलि नदीहरूबाटै उठाएको हुँ च्यब्रुङको मखमली लय ।
चराचुरुगीको सुसेलीबाटै रचेको हुँ पालमका प्रेमिल प्रेमिल पंतिहरू ।
आदिम साम्बा र फेदाङमाहरूले
भूकम्प झै कम्पन फुटाउदा भेटाएको हुँ मुन्धुमको ब्रह्माण्ड ।
धनुले फुटाएर उमारेको हुँ
विचारको जरुवा पानी ।
प्रियासीको गुलाबी ओठहरूमा
सालको पातहरूले बजाएको हँ  हाक्पारेको अन्नत सगं ीत ।
ख्यालिले ख्याल ख्यालमै हिर्काएर
सर्लकै उघारेको हुँ ह्रदयमा प्रेमका दराजहरू ।
पुर्खाहरूको हयीले ठड्याएको हुँ ।
म जस्तै सोझो फक्ताङलुङमा ।
मेरै पसिना छर्केर फक्राएको हुँ
सेक्मुरी फुङ ।
कहिले सोधुगेन लेप्मुहाङ भएर
प्रलयको धुन फलाक्दै डुलेको हुँ ।
कहिले माङहिम फाल्गुनन्द भएर शान्ति छर्दै फुलेको हुँ ।
तर प्रय पाठक जसरि मेरो बुदि औला रहेन
त्यसरि नै मेरो इतिहास पनि रहेन ।
माहाभारतले चुडाएर लगेको मेरो औला
जनजातिहरूको अनुहारमा छटपटाएको देखेर
म एकलब्य पुन जन्मेको छु ।
मलाई शंका लाग्न थालेकोछ ।
द्रोणचार्य गुरुको ज्ञानगंगा माथी
अझ पछुतो लागेको छ ।
औला नै गुरु भेटि चडाएकोमा ।
मेरो विचारको थुप्रो टेकेर
उभिएको हजुरको मूर्ती
यसरी समयले भत्काउँदा
म पहाड भएर उठ्दैछु प्रकृति प्रकोपहरूमा ।
अब म बिश्वास गर्छु आफ्नै कुल बंशमाथी ।
अझ विश्वास गर्छु आफ्नै आत्मा शकति माथि ।
अब तिखार्दै छु हाक्पारेका तेजिला सरगमहरू ।
ब्युझाउदै छु ख्यालिको ढुकढुकी ।
अन्तिम पल्ट उठाउदैछु ।
समयले कुलचेर धुलाम्मै भएका सिवाखाहुनहरू ।
हजुरको हृदयमा घन्की रहेको मालसिरी धुन झै
घन्की रहेछ, मेरो ह्रदयमा च्यबरुङको धुन ।
म प्रकृति पुत्र
पसिनाले भूमि सजाउदै मुन्धुम पल्टाएर हेरिरहन्छु ।
हजुरको एकल चिन्तन ।
च्याबरुङ बेला बेला मात्र बज्छ भन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार