नयाँ बुलन्द इलाम : प्रदेश १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले नै अवज्ञा गरेका छन् ।बकर–इद (इदुल जोहा) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि यहाँका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला नै रहेका छन्। प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्दै इलाम जिल्...
prakash@nayabulanda
-
-
प्रधानमन्त्री गृहजिल्ला झापामा, अपराह्न काठमाडौँ फर्कने
भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । प्रधानमन्त्री बनेपछि उहाँ दोस्रोपटक यहाँ आउनुभएको हो । उहाँको आज कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताउनुभयो । प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैय्याको आयुर्वेद चिकि...
-
गोपनीयताको हकसम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश
सरकारले मौलिक हक कार्यान्वयन गर्न भन्दै ल्याएको गोपनीयतासम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश लगाउने व्यवस्था समावेश गरेको छ । सार्वजनिक ठाउँको फोटो खिच्दा कुनै व्यक्तिको तस्बिर कैद भएर सार्वजनिक भएमा तीन वर्षसम्म जेलको सजाय हुने व्यवस्था गरिएको छ । गत शुक्रबारबाट कार्यान्वयनमा आएको मुलुकी अपराधसंहिता ऐनमा यो व्यवस्था...
-
प्रेस स्वतन्त्रतामाथि बन्देज लगायाे’ -अन्तर्राष्ट्रिय पत्रकार महासंघ
काठमाडौँ : भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)ले बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नयाँ अपराध संहिताले गरेको व्यवस्था प्रेस स्वतन्त्रताको मर्म विपरित भएको बताएको हो । अपराध संहिताको गोप...
-
यौन दुर्व्यवहारले विकराल रुप लिँदै, तीन महिनामा १ सय १८ बालबालिका बलात्कृत
काठमाडौं : बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना ब...
-
बकर-इद पर्व मनाईंदै, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
काठमाडाै : आज मुस्लिम समुदायले बकर–इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् । बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुद...
-
चुलाचुलीका चट्याङ पिडित दल बहादुरलाई १ लाख सहयोग
चुलाचुली : चुलाचुली गाउँपालिका वडा नं. १ कमल निवासी दल बहादुर योङ्हाङ्ग लाई प्रवासी नेपालीहरूले १ लाख ६ हजार अार्थिक सहयोग गरेका छन् । गएको असार ८ गते अविरल बर्षा संगै परेका चट्याङले पिडितकाे घर आगलागी भएको थियाे । घर पुन:निमार्णकाे लागि मलेसियाबाट छत्रहाङ जवेगुकाे नेतृत्वमा २७ जना नेपाली दाजुभाइले गरेको सहयोग संकलन रक...
-
प्रदेश १ मा भोलि सार्वजनिक बिदा
विराटनगर : प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले सार्वजनिक बिद...
-
ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा गएराति ना ६ ख १८४८ नं. को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।वीरगन्जबाट इँटा बोकेर काठमाडौं आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले...
-
भुटानी शरणार्थीहरु तेस्रो देश पुनर्वास भए सँगै इलामको चुलाचुलीमा खेतालाको अभाव
प्रकाश नेपाल इलाम,चुलाचुली : भुटान बाट बिस्थापित भएर आएका भुटानी केहि दशक देखि नेपालको पुर्वि क्षेत्रको बिभिन्न जिल्लाहरुमा बसोबास गर्दै आएका थिए तर केहि बर्ष अगाडी देखि भुटानीहरु तेस्रो देश पुनर्वास क्रममा जान थाले पछि त्यस क्षेत्रका नेपाली नागरीकहरुलाई केहि असहजता उत्पन्न भएको छ । त्यस्तै असहजता इलामको चुलाचुलीमा समे...






























