प्रकाश नेपाल
इलाम,चुलाचुली : भुटान बाट बिस्थापित भएर आएका भुटानी केहि दशक देखि नेपालको पुर्वि क्षेत्रको बिभिन्न जिल्लाहरुमा बसोबास गर्दै आएका थिए तर केहि बर्ष अगाडी देखि भुटानीहरु तेस्रो देश पुनर्वास क्रममा जान थाले पछि त्यस क्षेत्रका नेपाली नागरीकहरुलाई केहि असहजता उत्पन्न भएको छ ।
त्यस्तै असहजता इलामको चुलाचुलीमा समेत प्रतयक्ष परेकोे छ । भुटानबाट बिस्थापित भएर नेपालमा आश्रय लिन बाध्य भए नेपाली भाषि भुटानीहरु । नेपाल सरकारले उनिहरुलाई अस्थाई बसोबासका लागी खुल्ला जंगल क्षेत्रमा आरक्षण दिए । बिस्थापित भुटानीहरु नेपाली भाषी भएकाले नेपाली समाजमा उनिहरुलाई घुलमिल हुन त्यती गाह्रो भएन ।
समयको क्रम संगै उनिहरु सिभिर आसपासका नेपाली बस्तीमा गएर नेपालीको हरेक जनजिवनमा जोडिदै गए । तर अहिले उनिहरु आफ्नो अस्थाई सिभिर बाट तेस्रो मुलुक पुनर्वासमा गए संगै सिभिर रित्तो मात्र नभएर आसपासका बस्तीमा मेलोपात गर्ने खेताला अभाव खड्कन थालेकोे इलाम चुलाचुलीका स्थानिय रेमन्त राई बताउछन् ।
सिभिर आसपासका बस्तिमा भुटानीहरु कामको खोजीमा आउने गर्थै । बस्तिमा हुने दैनिक मेलोपातमा भुटानीहरु सरिक हुने गर्थै तर अहिले बस्तिमा महाबर्खाको सिजन भएपनि खेतालाको अभाव रहेको चुलाचुलीकी स्थानिय तारादेबि राईले बताइन ।
बस्तिमा अहिले खेताला पाउन नै समस्या, पाईहाले पनि महङ्गो पारिश्रमीक । त्यति मात्र नभएर पहिले गाँउमा फलफुल लगायत अन्नपात खरिदगर्न भुटानी प्रत्येक बस्तीका घरमा अाउनेगरेका िथए तर अहिले गाँउमा फलेका फलफुल बिक्रि नभएर पशुचौपायलाई दिन बाध्य बन्नु परेको स्थानिय शान्तिमाया राईको भनाई छ ।
भुटानी शरणर्थी पुर्नवासका क्रममा तेस्रो देश जाने क्रम जारी छ , यो क्रमले गर्दा उनिहरु बसोबास गर्दै आएका सिभिर जंगलको रुपमा परिणत भईरहेको छ जस्ले गर्दा चुलाचुलीका माथिल्लो भेगका बासिन्दालाई जंगली जनावरको त्रासमा जंगलको बाटो जोखिम मोलेर यात्रा गर्न समस्या हुने गरेको स्थानिय जितबहादुर राईले बताए ।
भुटानीहरु केहि समय नेपालमा बसे, नेपालीको दैनिकि उनिहरु संग प्रत्यक्ष रुपमा जोडिएको थियो, तर अहिले उनिहरु पुनर्वासमा गए संगै आसपासका नेपाली बस्तिमा उत्पादित फलफुलले मुल्य नपाउदा र खेतिपातीको कामका लागी मजदुरको अभाव हुदा नेपाली बस्तिमा समस्या भएको छ ।