फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ २ नं. वडा कार्यालय कोल्बोटेमा सम्पन्‍न (तस्बिर/भिडियोसहित)

  नयाँ बुलन्द
357 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम २ नं. वडा कार्यालय कोलबोटे आइतबार सम्पन्न भएको छ । गाउँपालिका, विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा चन्द्रप्रकाश बोहोरा, पदमबहादुर चौहान र विकास राईले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, शिक्षा, खेलकुद, विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष यामबहादुर खत्री पौडेल र सचिव तेजबहादुर मौनीले  दिएका थिए ।

कार्यक्रममा वडा अध्यक्ष पौडेलले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले नागरिक अभिमत प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

फाकफोकथुम गाउँपालिकाले आइतबारदेखि असार ६ गतेसम्म सातवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । कार्यक्रम बिहान १० बजेदेखि सम्बन्धित वडा कार्यालय प्राङ्गणमा हुनेछन् । गाउँपालिकाले सार्वनजिक गरेको तालिका अनुसार  वडा नं. ६ मा असार १ गते, वडा नं. ७ मा असार २ गते, वडा नं. ५ मा असार ३ गते, वडा नं. ४ मा असार ४ गते, वडा नं. १ मा असार ५ गते र वडा नं. ३ मा असार ६ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिनेछ ।

स्थानीय तहको सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम हुने विश्वास गाउँपालिकाको छ । कार्यक्रममार्फत नागरिकले विकास निर्माणका कामको गुणस्तर, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा खुला रूपमा राख्न सक्नेछन् ।

गाउँपालिकाले सम्बन्धित शाखा प्रमुखहरूलाई हालसम्मको प्रगति विवरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव, गुनासा र प्रतिक्रियाहरूलाई आगामी योजना निर्माण तथा सेवा प्रवाह सुधारका आधारका रूपमा उपयोग गरिने जनाइएको छ ।

स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउने उद्देश्यले आयोजना गर्न लागिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता रहने अपेक्षा गाउँपालिकाले गरेको छ ।

भिडियो लिङ्क भाग-१

भिडियो लिङ्क भाग-२

भिडियो लिङ्क भाग-३

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार