
तेह्रथुम,भदौ
पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशन रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो छायाङकन भई सम्पादन कार्य सुरु भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो एक हप्ता भित्रमा सार्वजनिक हुने तयारी छ ।
गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियोमा मुख्य कलाकारको रुपमा विनोद तामाङ र शिखा पयाङगु रहेका छन् ।
भिडियोका दृश्य उमेश नेपालीले खिच्नुभएको हो भने अनिल राना सम्पादन रहेको छ । बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बु रहनुभएको छ ।















































