‘मैले माया लाएको’ म्यूजिक भिडियो आउदै

  टीआर सेनेहाङ  682 पटक हेरिएको

तेह्रथुम,भदौ

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशन रहेको ‘मैले माया लाएको’ वोलको गितको भिडियो छायाङकन भई सम्पादन कार्य सुरु भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो एक हप्ता भित्रमा सार्वजनिक हुने तयारी छ ।
गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियोमा मुख्य कलाकारको रुपमा विनोद तामाङ र शिखा पयाङगु रहेका छन् ।
भिडियोका दृश्य उमेश नेपालीले खिच्नुभएको हो भने अनिल राना सम्पादन रहेको छ । बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बु रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार