फिफा विश्वकप २०१८ : नेपाली समय अनुसारको खेल समय तालिका

विश्वलाई नै तरंगित गर्ने खेलको राजा फुटबलको मेला अर्थात एक्काइसौं ‘फिफा विश्वकप २०१८’ निकट १४ जुन २०१८ देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५) सम्म रुसमा हुन लागेको छ ।

३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भाग लिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यी राष्ट्रहरु निम्नानुसारका समूहहरूमा बाँडिनेछन् –

पहिलो समूहः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे

दोस्रो समूहः पोर्तुगल, स्पेन, मोरक्को र ईरान

तेस्रो समूहः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क

चौथो समूहः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया

पाँचौं समूहः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया

छैटौं समूहः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र ९दक्षिण कोरिया०

सातौं समूहः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत

आठौं समूहः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार)

३१ जेष्ठ २०७५ (साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

१ आषाढ २०७५ (साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८ः४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन(दोस्रो समूह)

२ आषाढ २०७५ (साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९ः४५) पेरु र डेनमार्क ( तेस्रो समूह) (राती १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ २०७५ (साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह) ,

४ आषाढ २०७५ (साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ २०७५ (साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह)  (राती ११ः४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ २०७५ (साँझ ५ः४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) ( राती ११ः४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ २०७५ (साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११ः४५) अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ २०७५ (साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड(पाँचौंसमूह)

(आषाढ २०७५ (साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११ः४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ २०७५ (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राती ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ २०७५ (साँझ ७ः४५) उरुग्वे र रुस (पहिलो समूह)  (साँझ ७ः४५) साउदी अरेबिया र जापान(पहिलो समूह)  (राती ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११ः४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ २०७५ (साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ २०७५ (साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ २०७५ (साँझ ७ः४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११ः४५) पानामा र टिउनेसिया(सातौं समूह) (राती ११ः४५) बेलायत र बेल्जियम(सातौं समूह)

यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् ( आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ( आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार