अखिलेसकुमार यादव
रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा नातावाद, जातिवाद र भ्रष्टाचार फस्टाएपछि स्थानीयबासी आक्रोषित बनेका छन् ।
संघीय संरचना पूर्व दशकौं समय सचिव पदमा रहि करोडौं भ्रष्टाचार गरेका कार्यालय प्रमुख शिवपुजन यादवले आफ्नो पुरानै बाटो दोहर्याउन थालेपछि गाउँपालिकामै भ्रष्टाचार फस्टाएको स्थानीय बासीको आरोप छ ।
साविक गाविस जोकहा, जटहारा, बन्जरहा, लक्ष्मीपुर, बेलबिछवा, पिपरीया, दोस्तीयामा सचिव पदमा काम गरी करोडौं रुपैया भ्रष्टाचार गरेको आरोपमा २०७० सालमा अख्तियारबाट निल्मबनमा परेका यादव गाउँपालिकामा ताल्चा खरिददेखि भवन निर्माण सम्मको कार्यमा व्यापक हिनामिना गरेको भन्दै स्थानीय बासी आक्रोसीत बनेका हुन् ।
यादवले गोप्य रुपमा टेन्डर निकाली करोडौंको योजना ३० प्रतिशत देखि ४० प्रतिशत सम्म अबैध लेनदेन गरी बेचेको स्थानीय बासीले आरोप समेत लगाएका छन् ।
गाउँपालिका कै उपाध्यक्षको कुरा सुन्ने हो भने यादवले कार्यालयको नास्ता, चियापान देखि जिन्सी सामान खरीद, पाठ्यपुस्तकको टेन्डर, औषधीको टेन्डर सहित विभिन्न एन जि ओ को कार्यक्रमको कार्यदेश वितरणमा लाखौं अबैध हिनामीना र अशुली गरेको छ ।
उपाध्यक्ष साहले भनिन् ‘कुन टेन्डर र विज्ञापन कुन बेला निस्कयो आफूलाई थाह नै छैन् । मेयर साहेबलाई थाहा छ की छैन् उहाँले जानुन ? साहले कुरा थपिन– प्रमुख यादव महिनामा १० दिन अफिस आउँछन् । सेवागा्रहीको काम नराम्रो संग प्रभावित बनेको छ । के गर्ने कसलाई भन्ने ? चिन्तामा परेको छु ।’
प्रमुख जिल्ला अधिकारी नयाँ आएकाले उनीमाथि विश्वास छ । ५ वटा वडाले बनेको सो गाउँपालिकामा शिवपुजन यादवले अध्यक्ष र उपाध्यक्षमा झगडा लगाई आफू मौकाको फाईदा उठाईरहेको कार्यालयका एक कर्मचारीले बताएका छन् । हुन पनि हो ।
एउटा सामान्य कर्मचारीले जागिर खाएर मात्रै विरगंज, काठमाडौं जस्ता महंगो सहरमा अलिसान महल कसरी ठडयायो ? सोचनीय विषय बनेको छ । यस सन्र्दभमा अध्यक्ष श्री प्रकास मुखिया संग कुरा गर्दा दोषी उपर कारवाही गरिने बताए । उता भ्रष्ट भनिएका प्रमुख यादव संग कुरा गर्दा आफू जस्तो इमानदार कर्मचारी रौतहटमा नभएको दावी गरे ।



















































