नयाँ बुलन्द
माङसेबुङ : योजना निर्माण र बजेट विनियोजनमा महिला सशक्तिकरणको क्षेत्रलाई उपेक्षा गरिएको भन्दै संघीय समाजवादी महिला फोरम नेपालले माङसेबुङ गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्थानीय निर्वाचन भएपश्चात जनप्रतिनिधिले विगतका वर्षहरुमा महिला सशक्तिकरण र सर्वाङगिण विकासका लागि विनियोजन हुँदै आएको बजेट समेत कटौती भएको भन्दै समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समिति र माङसेबुङ गाउँपालिका समितले संयुक्त रुपमा ध्यानाकर्षण गराएको हो ।
संघीय समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समितिका सहसचिव रीपल खम्बूको नेतृत्वमा समाजवादी महिला फोरम माङसेबुङ गाउँपालिका अध्यक्ष घनेन्द्रकुमारी लिम्बू, उपाध्यक्ष अध्यक्ष मनु सम्बाहाम्फे, सहसचिव रामकुमारी लिम्बुवान लगायतको उपस्थितीमा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणमा आगामी दिनमा महिला सशक्तिकरण र सर्वाङगिण विकासका लागि बजेट बढाउन माग गरिएको छ । मागलाई वेवास्था गरे महिलाको हकहित रक्षाका लागि कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।
ध्यानकर्षण पत्र जिल्लाका सबै स्थानीय तहमा बुझाउने कार्यक्रम रहेको लिम्बुवान प्रदेश समितिका सहसचिव रीपल खम्बूले जानकारी दिइन् । यसअघि सो ध्यानकर्षणपत्र चुलाचुली गाउँपालिकामा बुझाएको उनले बताइन् ।




















































