आयोजकलाई हराउँदै मेचीनगरले जित्यो मेयर कपको उपाधि

नयाँ बुलन्द

करफोक : इलामको सुर्योदय नगरपालिकास्थित करफोकमा आयोजित प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका झापाले हात पारेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३-१ गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथी कब्जा जमाएको हो ।

जितसँगै मेचीनगरले एक लाख लाख २५ हजार रुपैयाँ हात पार्‍यो । उपविजेता सुर्योदय नगरपालिकाले नगद ८५ हजारमा नै चित्त बुझायो ।

खेलकुदको माध्यमबाट विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा इलाम, पाँचथर र झापाका ११ नगरपालिका (टिमको) सहभागिता थियो । प्रतियोगिताको १९ चैतदेखि सञ्चालित थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार