कांग्रेस संसदीय दलमा मतदान सुरु, देउवा र सिंहबीच प्रतिस्पर्धा

काठमाडौं : दलको नेता छान्न कांग्रेस संसदीय दलको मतदान सुरु भएको छ । सिहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान भइरहेको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् । सर्वसम्मत दलको नेता छान्ने प्रयास असफल भएपछि दुवै नेता प्रतिस्पर्धामा उत्रिएका हुन् ।

मतदानमा कांग्रेसका ६३ जना सांसद सहभागि भएका छन् । बहुमत सांसद देउवा पक्षमा भएकाले उनी नै संसदीय दलको नेता निर्वाचित लगभग निश्चित छ । मत परिणाम पनि आजै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार