पवित्रहाङमा गोल्डकप : उपाधिका लागि माङसेबुङ र लेटाङ भिड्ने

सरीता राई

माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण फूटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता माङसेबुङ युथ सोसाइटी माङसबुङ इलाम र लेटाङ फुटबल क्लब मोरङ भिड्ने भएका छन् ।

बुधबार हुने फाइनलमा उपाधिका दावेदार टिम गतवर्षको विजेता माङसेबुङ युथ सोसाइटी र अर्का दावेदार टिम लेटाङ फुटबल क्लबबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

सोमबार भएको दोस्रो तथा अन्तिम सेमीफाइलनमा माउण्ट एभरेस्ट स्पोर्टिङक्लब चतरा सुनसरीलाई ३-० को अन्‍तरले पारजित गर्दै मचाङसेबुङले फाइनलको यात्रा तय गरेको हो । मध्यान्तरसम्म बराबरी खेलेको माङसेबुङले सबै गोल मध्यान्तरपछि गरेको थियो ।

जितका लागि माङसेबुङकी सुस्मीता लेप्चाले ३१ र ३४ तथा सुजन शेर्पाले ३९ औं मिनेटमा गोल गरेकी थिइन् । वेष्ट प्लेयर अफ दी म्याच उपविजेता  माउण्ट एभरेस्टकी पुजन मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्‍त गरिन् ।

गतवर्षको संस्करणमा माङसेबुङ सोसाइटीले न्युस्टार क्लब किर्तीपुर मोरङलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो ।

उता लेटाङ फुटबल क्लब मोरङ आइबार सम्पन्न पहिलो सेमीफाइनमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङलाई ३-० गोल अन्तरले नै हराउदै फाइलन प्रवेश गरेको थियो ।

जितका लागि मध्यान्तरपछि ९ औं मिनेटमा लेटाङकी आशा लिम्बुले हेडमार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् ।२३ औं मिनेटमा मुना लावतीले अग्रता दोव्वर बनाइन् । २८ औ मिनेटमा सरिता मगरले गोल गरेपछि लेटाङ ३-० को जित निकाल्दै फाइनलको यात्रा पक्का गरेको थियो ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपमा इलामझापा, मोरङ, सुनसरी र ताप्लेजुङका गरी ८ महिला टीमको सहभागिता रहेको छ ।

प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ । विजेताले नगद ६२ हजार एक सय ६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६२ रुपैयाँसहित ट्रफिमेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६२ रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै फाइलनको दिन फूटबलका साथै अन्य विभिन्‍न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन दौड, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्‍नेलगायतका खेलहरु सञ्‍चालन हुनेछन् ।

म्याराथुनमा प्रथम हुनेले नगद पाँच हजार एक सय ६२, द्वितीय हुनेले चार हजार एक सय ६२, तृतीय हुनेले तीन हजार एक सय ६२ र चौथो हुनेले दुई हजार एक सय ६२ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् । छेलो (पक्लुङ) मा प्रथम हुनेले नगद एक हजार पाँच सय ६२ र द्वितीय हुनेले एक हजार ६२ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् ।

म्युजिकल चियरमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६२ र द्वितीय हुनेले एक हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । हाँडी फुटाउनेमा प्रथम हुनेले नगद एक हजार ६२ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै लठ्ठा तान्‍नेमा प्रथम हुनेले नगद तीन हजार ६२ र द्वितीय हुनेले नगद दुई हजार ६२ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । अन्य खेलहरु २ फागुनमा फूटबलको फाइनल भन्दा अगाडि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

माङसेबुङमा २०६७ देखि पवित्रहाङमा महिला गोल्डकप सञ्‍चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार